
सरकारले कायम गरेको स्थानीय तहको संरचना विभेदकारीरहेको भन्दै सप्तरीका स्थानीय निकायहरुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विहीवार तालाबन्दी गरेका छन् । सप्तरी मोर्चाले जिल्ला विकास समन्वय समिति र राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी गरेको हो । मोर्चाका नेता तथा कार्यकर्ताहरुले जिल्ला विकास समन्वय समितिका स्थानीय विकास अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
यसैगरी मोर्चाले राजविराज नगरपालिका कार्यालयमा समेत विहीवारै तालाबन्दी गरेका छन् । कार्यकारी अधिकृतको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दी गरेका छन् । स्थानीय तहको संरचना विभेदकारी एवम् त्रुटीपूर्ण रहेको भन्दै नसच्याएसम्म यसलाई स्वीकार गर्न नसकिने मोर्चाका सप्तरी संयोजक दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
नयाँ संरचना अनुसार जिल्ला विकास समन्वय समितिको कार्यालय लेखिएको बोर्ड समेत मेटाएर मोर्चाले मधेश सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालय सप्तरी, राजविराज लेखेको छ ।
Facebook Comments