
४ चैत, काठमाडौं । अहिलेकै अवस्थामा तराई-मधेसका जिल्लाहरुमा निर्वाचन गर्न गाह्रो हुने भएकाले तत्काल मधेशमा निर्वाचन गर्न असम्भव भएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताउनुभएको छ ।
संघिय गठबन्धनले आन्दोलन घोषणा गरे पछि प्रमुख आयुक्त यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दललाई सहभागी गराएर मात्र निर्वाचन गर्न सुझाब दिनुभएको छ ।
बालुवाटारमा भएको भेटमा यादवले मधेसी मोर्चासहित संसदमा भएका र नभएका सबै पार्टीलाइ चुनावमा भाग लिन लगाई निर्वाचनको बातावरण बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।
Facebook Comments