
काठमाडौं । भारत भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले कञ्चनपुरको सिमानामा भारतीय सिमा सुरक्षा बलको गोली लागी मृत्यु भएका गोबिन्द गौतमको सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा खासै चर्चा नगरेको खुलासा भएको छ । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो निजी साईटमा त्यसबारे उल्लेख गरेको छैन ।
उनले नेपाल र भारत बीचको सम्बन्ध र सहयोग आदान प्रदानको बिषयलाई महत्वका साथ उल्लेख गर्नुभएको छ साथै दुई देशको सामाजिक आर्थिक बिकासको कुरा उल्लेख गरिएको छ । नेपालको तर्फबाट निधिले नेपालको समसामयीक राजनीतिक बिषयमा जानकारी गराईएको भनिएको छ ।
Facebook Comments