
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एबम उपप्रधानमन्त्री कमल थापाले निर्बाचन आयोगको पछिल्लो कदमलाई चुनौती दिनुभएको छ । थापाले बिद्रोहको उदघोष गर्दे आयोगको पछिल्लो कदमलाई निर्बाचन हुन नदिने षडयन्त्र भएको आरोप लगाउनु भएको छ ।
उहाँले बिचार स्वतन्त्रालाई कसैले बन्देज लगाउन नपाउने भन्दै ट्युटर मार्फत श्रृंखलाबद्द रुपमा बिरोध जनाउनुभएको हो । निर्बाचन आयोगले हालै राप्रपाको बिधान संभिधान बिपरीत भएको भन्दै बिधानबाट संबैधानिक राजसंस्था र हिन्दु राष्ट्र हटाईदिएको छ भने चुनाब चिन्ह गाईको बिषयमा पनि प्रश्न उठाएको छ ।
राप्रपाले हालै सम्पन्न एकता महाधिबेशनबाट पार्टीको बिधानमा संबैधानिक राजसंस्था र हिन्दु राष्ट्र राखेको थियो भने चुनाब चिन्ह गाई कायम गरेको थियो । चुनाब चिन्ह र अध्यक्षको कार्यशैली प्रति असन्तुष्ट जनाउदै पार्टीका बरिष्ठ नेता प्रकाश चन्द्र लोहनीले पार्टी परित्यागको घोषणा गर्नुभएको थियो ।
Facebook Comments