Loading...
मधेसी मोर्चाको आन्दोलन सरकारको रबैयामा भरपर्ने फोरम अध्यक्ष उपेन्द्र यादबको धारणा

रौतहट । संघीय समाजबादी फोरमका  अध्यक्ष उपेन्द्र यादबले मधेसी मोर्चाको आन्दोलन सरकारको रबैयामा भर पर्ने बताउनुभएको छ । रौतहटमा पत्रकारहरुसँग कुरा गर्दे यादवले सरकार दमनमा उत्रे त्यसको कडा प्रतिरोध गर्ने जिकिर गर्नुभयो ।

यादवले स्थानीय तहको निर्बाचन प्रान्तीय सरकारले गर्नुपर्नेमा केन्द्रिय सरकारले गरेकोमा आपत्ति जनाउदै सरकार कुबाटोमा हिडिरहेको आरोप लगाउनुभयो । यादवले स्थानीय तहको निर्बाचनमा सरकारले बल प्रयोग गरे आफुहरु चुप नलाग्ने प्रस्ट पार्नुभयो ।

मधेसी जनता पुनं निर्णायक आन्दोलनमा उत्रन तयार हुनुपर्ने भन्दै यादबले मधेस बिरोधी सरकारको बिरुद्ध अबज्ञा आन्दोलन शुरु भईसकेको बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *