
लखनउ । उत्तर प्रदेशको मुख्यमन्त्रीमा राजनाथ सिंह , मनोज सिन्हाको चर्चा चले पनि अन्तत योगी आदित्यनाथ उत्तर प्रदेशको नयाँ मुख्यमन्त्री हुने पक्का भएको छ ।
उत्तर प्रदेशको बिधानसभामा भारतीय जनता पार्टीले प्रचण्ड बहुमत ल्याएपछि मुख्यमन्त्रीमा अनेकको नाम अड्कलबाजी गरिएको थियो यद्यपि योगी आदित्यनाथ बिधायक दलको नेतामा चुनिए पछि उत्तर प्रदेशको नयाँ मुख्यमन्त्री हुने पक्का भएको छ ।
उप मुख्यमन्त्रीमा केशव प्रशाद मौर्य र दिनेश शर्मा हुने भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
Facebook Comments