Loading...
नेकपा एमाले र नेपाली कांग्रेसका चर्चित नेता सहित सयौंको संख्यामा एमाले नेताहरुद्वारा पार्टी परित्याग गरी फोरम नेपालमा प्रबेश

रौतहट ५, चैत्र । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन बिना कुनै पनि शक्तिमा हिम्मत भए चुनाव गराएर देखाउन चुनौती दिएका छन् ।  जनताको ब्यापक विरोधका बीच बन्दूक र प्रहरी दमनको भरमा चुनाव गराउन खोजिए मधेशी मोर्चा र संघीय गठबन्धनसहित जनताले कडा प्रतिकार गर्ने यादवले चेतावनी दिएका छन् ।

शनिबार गरुडामा आयोजित फोरम नेपालको पार्टी प्रवेश एवं आमसभामा नेपाली कांग्रेस र नेकपा एमाले लगायत अन्य विभिन्न पार्टी प्रभावशाली नेताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
पूर्व गाविस अध्यक्ष एवं नेपाली कांग्रेसका प्रतिष्ठित नेता इन्दुराय यादवको नेतृत्वमा कांग्रेसको ठूलो समूह फोरम नेपाल प्रवेश गरेको छ । कांग्रेसका अर्का चर्चित नेता वीरेन्द्र कुमार यादवको नेतृत्वमा समेत सयौँ जना नेता कार्यकर्ता फोरम नेपाल प्रवेश गरेका छन् ।
त्यस्तै, जयनगर गाविसका पूर्व अध्यक्ष एवं नेकपा एमालेका चर्चित नेता वीरेन्द्र यादवसहित सयौंको संख्यामा एमाले नेताहरुले पार्टी परित्याग गरि फोरम नेपालमा आबद्ध भएका छन् ।  नवप्रवेशी कांग्रेस, एमाले र विभिन्न पार्टी परित्याग गरि फोरम नेपाल प्रवेश गरेका कांग्रेस, एमालेका नवप्रवेशी नेता कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले फूलमाला र अबीरले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् । 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *