
वीरगञ्ज ६, चैत्र । संघीय समाजवादी फोरम नेपालमा चर्चित उद्योगी व्यापारीहरुको एउटा ठूलो समूह प्रवेश गरेको छ । उद्योेगी व्यापारीसँगै विभिन्न पार्टी परित्याग गरी करिब तीन हजारको संख्यामा आमजनता फोरम नेपालमा प्रवेश गरेका छन् ।
संघीय समाजवादी फोरम नेपाल पर्साले आइतबार पर्साको पोखरियामा आयोजना गरेको बृहत् पार्टी प्रवेश तथा विशाल आमसभामा उद्योगपति, व्यापारी र आम जनताको ठूलो समूह प्रवेश गरेको हो । नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा फोरम नेपाल प्रवेश गरेका छन् ।
वीरगञ्जस्थित पप्पु कन्ट्रक्सनका संचालक हरिनारायण रौनियार र चर्चित उद्योगपति विजय सरावगी फोरम नेपाल प्रवेश गरेका छन् । तराई मधेश प्रदेशका अभियानका नेता सिपु तिवारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता अशेश्वर यादवले पनि फोरम नेपालसँग जोडिएका छन् ।
सत्या सिनेमा हलका संचालक एवं नेपाली कांग्रेसका नेता प्रमोद साह, हिन्दुवादी नेता ज्योति लाल कलवार, वैशणी सिनेमा हलका संचालक एवं नेपाली कांग्रेसका नेता जोगिन्दर साहले पनि फोरम नेपालसँग आबद्ध भएका छन् ।
नेकपा एमालेका जिल्ला सदस्यहरु नन्दु बैठा र हिमाचल कुशवाहले पनि एमाले परित्याग गरी फोरम नेपालको सदस्यता लिएका छन् । हजारौंको संख्यामा गाउँगाउँबाट आएका आमजनताको बृहत् समूह पनि पार्टी प्रवेश गरेको छ ।
नवप्रवेशी उद्योगपति, व्यापारी, नेता र आमजनतालाई संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले फूलमाला र अबीरले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् । फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको विशेष पहलमा आयोजना गरिएको बृहत् पार्टी प्रवेश कार्यक्रममा
फोरम नेपालका केन्द्रीय उपाध्यक्ष एवं सांसद् लालबाबु राउत, केन्द्रीय सदस्य करीमा बेगम, सांसद् श्रवण अग्रवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हजारको संख्यामा आमजनताको उपस्थिति रहेको थियो ।
Facebook Comments