Loading...
बाँकेको सानेपुरमा मानव अधिकारको वकालत गर्न मानव अधिकार निगरानी समूह् गठन

बाँके,६ चैत्र । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) मध्यपश्चिम उपक्षेत्रीय कार्यलयको आयोजनामा सोनपुर गाविस स्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । “स्थानीय स्तरमा मानव अधिकारको वकालत र जिम्मेवार निकायलाई जवाफदेही बनाऔँ” भन्ने नाराका साथ थर्ड एलायन्सले गाँउ गाँउमा निगरानी समूह् गठन गर्न सुरु गरेको छ । मानव अधिकार उल्लघनका घटनाहरु सोनपुर,उढरापुर क्षेत्रमा बढन थाले पछि स्थानीय यूवाहरु सक्रियतामा मानव अधिकार निगरानी समूहको गठन गरिएको हो । थर्ड एलायन्सका टिम लिडर अधिवक्ता दिपेन्द्र झाको प्रमुख अतिथिथ्यमा भएको कार्यक्रममा थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले समूह् गठन कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकारको उपभोग गर्दा जुन सुकै जातजाती धर्म,समूदाय,लिगं,बिचार,आस्था,सम्पत्ति वा अन्य कुनै पनि आधारमा बाधा व्यवधान गर्ने अधिकार कसैलाई नरहेको बताउदै कसैले बाधा गरे कानुनी प्रक्रियालाई टेकेर थर्ड एलायन्स आगडि बढन तयार रहेको जिकिर गर्नु भएको थियो । थर्ड एलायन्सका टिम लिडर दिपेन्द्र झाले मानव अधिकारको वकालतका लागि गठन गरिएको निगरानी समूहले गाविस स्तरमा रहेको समस्यलाई पहिचान गरी बहिरा ल्याउन महात्वपूर्ण भूमिका निर्वाह् गर्ने बताउदै समूह्लाई सक्रिया पार्न छिट्टै तालिमको आयोजन गर्ने बताउनु भयो । उहाँले सोनपुर गविसमा गठन भएको मानव अधिकार निगरानी समूह्को नामावली घोषण गर्नु भएको थियो । सोनपुरमा असल भाटको संयोजकत्वमा ११ सदस्य समिति गठन गरिएको छ । समूहको सदस्यहरुमा क्रमशः रूबी खान,निशा यादव ,रामकला यादव ,फिरोज खाँ,मो.असलम मनिहार,ओमकार यादव,मुबारक खाँ,युनुस खाँ,ज्याउल खाँ,प्रघट यादव रहनु भएको छ । समूह गठन कार्यक्रममा प्रहरी सहायक निरिक्षक सुरेन्द्र ढगुन्ना र स्थानीय बुद्धिजिवीहरुको सहभागिता रहको थियो । यसैबिच चैत्र १ गते मधेशी मोर्चाले गरेको बाँके बन्दका क्रममा प्रह्रीको कुटाईबाट घाईते भएका जमील भाटको उपचार क्रममा शनिबरा शिक्षण अस्पताल नेपालगंजमा मृत्यु भएको थियो । मृतक का परिवार संग थर्ड एलायन्सका टिम लिडर अधिवक्ता दिपेन्द्र झाले सोनपुर पुगी मृतकका परिवार संग भेट गरी घटनाका बारेमा बिस्तृत जानकारी लिनु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *