
काठमाडौं । निर्बाचन आयोगका प्रमुख आयुक्त आयोधी प्रसाद यादवले निर्बाचनको बाताबरण नबनाएकोमा असन्तुष्टी जनाउनुभएको छ । आयोगमा पत्रकारसँग कुरा गर्दे यादवले राजनीतिक दलहरुप्रति असन्तोष प्रकट गर्नु भएको हो ।
आयोगले सरकार र सबै राजनीतिक दललाइ चुनाबको बातावरण बनाउन आगह समेत गर्नुभयो । यादवले राप्रपाको बिधानबाट हिन्दु राष्ट्र र राजसंस्थाको बिषय हटाउनु कानुन सम्मत भएको जिकिर गर्नुभयो ।
प्रमुख आयुक्त यादवले कोही कसैले आन्दोलन र बिरोध गर्देमा संबिधान मिच्ने काम आयोगले नगर्ने प्रष्ट पार्नुभयो ।
Facebook Comments