
काठमाडौं । राप्रपाले निर्बाचन आयोग बिरुद्द देशब्यापी आन्दोलन शुरु गरेको छ । राप्रपाको बिधानबाट हिन्दु राज्य र राजसंस्था सम्बन्धी ब्यबस्था संभिधान बिपरीत भएको भन्दै निर्बाचन आयोगले बिधानबाट हटाएपछि राप्रपा आन्दोलित भएको हो ।
राप्रपाले देशब्यापी जिल्ला निर्बाचन कार्यलय र काठमाडौंमा केन्द्रिय निर्बाचन कार्यलय बहादुर भवनमा आज बिरोध पत्र बुझाएको छ । राप्रपा अध्यक्ष कमल थापा र बरिष्ठ नेता पशुपति शमसेर राणाको नेतृत्वमा जुलुस सहित बिरोध पत्र बुभाईएको थियो ।
आयोग परिसरमा घाइते अबस्थामा राणा
प्रर्दशनको क्रममा निशेधित क्षेत्र तोडेको भन्दै प्रहरी र प्रर्दशनकारी बिच केही बेर भिडन्त भएको थियो । भिडन्तमा परी राप्रपा बरिष्ठ नेता राणा सहित दर्जनौ घाइते भएको राप्रपाले जनाएको छ ।
बिरोध पत्र बुझाएपछि निर्बाचन आयोग परिसर मै नेताहरु धर्ना मा बसेका थिए ।
- फोटो राप्रपा नेता राजाराम श्रेष्ठको फेसबुक वालबाट
- भिडियो सुरेश आचार्य बाट
Facebook Comments