
काठमाडौँ । नेकपा एमालेले निर्बाचन बिरोधी कृयाकलाप बढेको भन्दै आपत्ति जनाएको छ । आज बसेको पार्टीको स्थायी समितिको बैठकले निर्बाचन आयोगलाई निर्बाचनका सबै कार्यक्रम अगाडी बढाउन आग्रह समेत गरेको छ ।
एमालेले निर्बाचनको मुखैमा निर्बाचन बिरोधी गतिबिधि बढेको भन्दै सचेत हुन सबैलाई अनुरोध समेत गरेको छ । एमालेले सरकारबादी दलनै निर्बाचन बिरोधी गतिबिधिमा लागेकोमा आपत्ति जनाएको छ । सरकारको काम प्रति असन्तोष ब्यक्त गर्दे निर्बाचन बिरोधी गतिबिधि तत्काल रोक्न एमालेले माग गरेको छ ।
Facebook Comments