Loading...
स्थानीय तहको निर्बाचन कुनै पनि हालतमा सम्पन्न गराउनै पर्ने नेपाली कांगे्रसका सभापति शेर बहादुर देउवाको धारणा

काठमाडौं । नेपाली कांगे्रसका सभापति शेर बहादुर देउवाले स्थानीय तहको निर्बाचन कुनै पनि हालतमा सम्पन्न गराउनै पर्ने बताउनुभएको छ । स्वर्गिय पुर्व प्रधानमन्त्री एबम नेपाली कांग्रेसको पुर्व सभापति गिरिजा प्रसाद कोइरालाको सातौं पुण्यतिथिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे देउवाले सो कुरा बताउनुभएको हो ।

स्वर्गीय गिरिजा प्रसाद कोइरालाको नपाली राजनीतिमा अत्यन्तै महत्वपुर्ण भुमिका रहेको स्मरण गर्दे देउवाले शान्ति, एकता र मेलमिलाप कै माध्यामबाट नेपाली राजनीतिलाइ गिरिजा बाबुको आर्दशबाट निकास दिनुपर्ने बताउनुभएको छ ।

सो अबसरमा पुर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले संभिधान कार्यन्वयनका लागि स्थानीय तहको निर्बाचन गर्न सरकार तयार रहेकोले कार्यकर्तालाई तयारी गर्न समेत निर्देशन दिनुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *