Loading...
संबिधान जारी पछिको असहज अवस्थाबारे आयोजित सेमिनारको मूख्य वक्ताको रुपमा उपेन्द्र यादव भारत प्रस्थान

काठमाडौँ , ७ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोमवार भारतको बनारस प्रस्थान गरेका छन् । बनारस हिन्दू विश्व विद्यालय अन्तर्गत नेपाल स्टडी सेन्टरले बनारसमा मंगलवारदेखि आयोजना गर्न लागेको दुई दिवसीय ‘एजुकेशन फर डेभलपमेन्ट अफ डेमोक्रेसी, द कन्सिट्च्युसनल रिजल्टिङ्ग कन्फिलिक्ट्स इन नेपाल द साउथ एसियन कन्टेक्सट’ विषयक सेमिनारलाई सम्वोधन गर्न उनी भारत प्रस्थान गरेका हुन् ।

सेमीनारमा प्रमुख अतिथि एवं मुख्य वक्ताका रुपमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एवम् संघीय गठबन्धनका संयोजक यादव भारतको दिल्ली हुँदै बनारस पुग्ने कार्यक्रम रहेको प्रेस सल्लाहकार महेश चौरसियाले जानकारी दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *