
काठमाडौं ,चैत ८ । प्रहरी महानिरीक्षक नियुक्ति बिबाद थप बल्झेको छ । सर्बच्चले प्रहरी महानिरीक्षकको मुद्दाको फैसला आज गर्ने बताएपनि अर्का डिआइजी प्रकाश अर्यालले कार्यक्षमता र कार्यसम्पादन मुल्यांकनमा आफू अब्बल दर्जाको रहेकोले प्रहरी महानिरीक्षकमा आफ्नो दाबी रहेको भन्दै परमादेश जारी गर्न माग गरेको छ ।
सरकारले जय बहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेपछि सरकारको निर्णयलाई चुनौती दिदै अर्का डिआईजी नबराज सिलवालले बरिष्ठताको आधारमा आफुलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने माग गर्दे सर्बच्चमा रिट दायर गरेको थियो ।
सरकार र सिलवालको तर्फबाट वकिलहरुले बहस गरेपछि समय अपुग भयो भन्दै फैसलाको लागि आजको समय तोकेको थियो यद्यपि अर्यालको रिट परेपछि आज गर्ने भनिएको फैसला प्रभाबित हुने देखिएको छ ।
Facebook Comments