Loading...
सिमांकन बिनाको संभिधान संशोधन गरे मधेसी मोर्चा निर्बाचनमा सहभागी हुनसक्ने संकेत

काठमाडौं ,चैत ८ । सिमांकन बिनाको संभिधान संशोधन गरे मधेसी मोर्चा निर्बाचनमा सहभागी हुनसक्ने भएको छ । मोर्चा आबद्ध एक नेताले भने हाम्रो प्रमुख माग सिमांकन नै हो त्यलाई तत्काललाई थाती राखे निर्बाचनमा जाने बिषयमा सोच्न सकिन्छ ।

चार प्रमुख दलले सिमांकन बेगर स्थानीय तहको चुनाब गराउने निर्णय गरेसँगै मोर्चाको शिर्ष नेतृत्वबाट यस्तो संकेत आएको हो । उनले मधेसबादी दल निर्बाचनको बिरोधी नभएको बताउदै अहिले निर्बाचनमा जाने निर्णय नगरे पनि मोर्चाको बैठक बसेर त्यस बिषयमा निर्णयमा पुग्नसक्ने बताएका छन ।

संघीय समाजबादी फोरमका अध्यक्ष भारत भ्रमणमा रहेकाले उहाँ फर्के लगतै मोर्चाको बैठक बसेर यस बिषयमा आधिकारिक धारणा सार्बजनिक गरिने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *