Loading...
संभिधानमा सिमांकनको बिषय थाती राखेर संशोधन प्रक्रियालाई अगाडी बढाउने माओबादी केन्द्रको निर्णय

काठमाडौं, चैत ८ । नेकपा माओबादी केन्द्र संसदीय दलको बैठकले संभिधानमा सिमांकनको बिषय थाती राखेर संशोधन प्रक्रियालाई अगाडी बढाउने निर्णय गरेको छ । आज बिहान सिहंदरबार स्थीत माओबादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले मधेसी मोर्चालाई सहमतिमा ल्याउन र प्रमुख चार दलको छलफल बमोजिम स्थानीय तहको निर्बाचन सम्पन्न गराउन यस्तो निर्णय गरेको एक नेताले बताएका छन । बैठकलाई सम्बोधन गर्दे दाहालले संभिधान कार्यन्वयन गर्न स्थानीय तहको निर्बाचनबाट सरकार कुनै हालतमा पछि हट्न नसक्ने बताउनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न चीन भ्रमणको बिषयमा समेत जानकारी गराउनुभएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *