Loading...
बरिष्ठता र कार्यसम्पादनको मुल्यांकनको आधारमा प्रहरी महानिरीक्षक नियुक्ति गर्न सरकारको नाममा सर्बोच्चद्वारा परमादेश जारी

काठमाडौं, चैत ८ । सर्बोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्ति बिबादको आज किनारा लगाएको छ । प्रधानन्यायधीश शुशिला कार्को सहितको पुर्ण इजलासले सरकारको नाममा परमादेश जारी गर्दे बरिष्ठता र कार्यसम्पादनको मुल्यांकनको आधारमा प्रहरी महानिरीक्षक नियुक्ति गर्न आदेश दिएको हो ।

सरकारले डेढ महिना अघि प्रहरी महानिरीक्षकमा डिआइजी जय बहादुर चन्दलाई नियुक्ति गरेकोमा अर्का डिआइजी नवराज सिलबालले सरकारले प्रहरी ऐन र नियमावली मिचेर प्रहरी महानिरीक्षक नियुक्ति गरेको भन्दै त्यसलाइ बदर गर्न रिट दायर गरेको थियो ।

आज सर्बाैच्चले फैसला गर्दे सरकारलाई प्रहरी ऐन र नियमावलीको आधार मानेर बरिष्ठता र कार्यसम्पादनको मुल्यांकनको आधारमा प्रहरी महानिरीक्षक नियुक्ति गर्न आदेश दिएको हो ।

यससँगै प्रहरी महानिरीक्षकमा नवराज सिलबाल हुने बाटो खुलेको छ । सरकारले सर्बोच्चको निर्णयलाई आधार मानेर निर्णय गर्ने या नगरने सरकारले यस बिषयमा केही बोलेको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *