Loading...
सर्बाेच्चको निर्णय प्रति कांग्रेस सभापती शेर बहादुर देउवाको आपत्ति प्रधान्यायधीशलाई कारबाही गर्ने बिषयमा परामर्श गरिने

काठमाडौं, चैत ८ । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले जय बहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा सरकारले गरेको नियुक्ति बदर गर्ने सर्बाेच्चको निर्णय प्रति आपत्ति जनाउनुभएको छ । बुढानिलकण्ठ स्रोतका अनुसार सर्बाेच्चको पछिलो फैसला आफ्नो र सिंगो कांग्रेस पार्टीको मर्यादामा आँच आउने खालको भएको भन्दै असन्तोष ब्यक्त गरेको बुझिएको छ ।

देउवाले प्रधानन्यायधीश शुशिला कार्काेले एमालेको प्रभावमा परेर पछिल्लो निर्णय गरेको आरोप लगाउनुभएको स्रोतले बताएको छ । यो सँगै प्रधानन्यायधीश  माथि असन्तुष्ट देउवाले कार्कीलाई ठेगान लगाउन के गर्न सकिन्छ भनेर आफु निकटहरु सँग परामर्श गरेको बुझिएको छ ।

हुनत नेपालको संभिधान बमोजिम प्रधान्यायधीशलाई कारबाही गर्न उनी माथि महाअभियोग लगाउने बाहेक अरु बिकल्प नभएको कानुनका जानकारहरु बताउछन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *