Loading...
एमाले अध्यक्ष ओलीले किन सातो लिए महान्यायधिबक्ता श्रेष्ठको ?

काठमाडौं, चैत ८ । प्रहरी महानिरीक्षक प्रकरणमा महान्याधिबक्ता रमण श्रेष्ठले अनाबश्यक चलखेल गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले सार्बजनिक कार्यक्रममा धम्काएको केही क्षणमा सर्बोच्चको आदेश आयो सरकारले गरेको प्रहरी महानिरीक्षक नियुक्ति गैरकानुनी भएकोले बदर गर । यो कुनै संयोग थिएन एमाले निकट सिलवाल र कांग्रेस निकट चन्दमाको प्रहरी महानिरीक्षक बन्ने भन्ने मुद्दा राजनीतिक प्रतिष्ठा र लडाईको बिषय बनिसकेको थियो ।

कांग्रेस र एमालेको यो लडाईमा श्रेष्ठ खुलेरै कांग्रसको वकालतमा उत्रेपछि एमाले अध्यक्षबाट यो धम्की आएको सबैले सहजै बझ्ने बिषय हो । अदालतले फैसला गर्नु पुर्व एमाले अध्यक्षको भनाई अदालतको फैसलामा राजनीतिक रुपमा बल पुग्ने खालको थियो, प्रतिफल देखियो सर्बोच्चले सरकारको निर्णयलाई बदर गरिदियो ।

यति मात्र होइन श्रेष्ठले कांग्रेस सभापतिलाई कांग्रेस निकट कानुन ब्याबसायीहरुसँग गएर प्रधानन्यायधीशलाई केही गर्नु पर्छ भन्ने कुरा ओलीको कानमा पुगे पछि उनले श्रेष्ठको सातो लिएको हो, होइन भने नेपालको इतिहासमा पुर्व प्रधानमन्त्री तथा बिपक्षी दलको नेताले महान्याधिबक्तालाई यसरी सार्बजनिक रुपमा धम्काएको सम्भवत पहिलो नै हुनुपर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *