Loading...
मधेसमा समानान्तर सत्ता सञ्चालन गर्ने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको चेतावनी

भक्तपुर, चैत ८ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा समानान्तर सत्ता सञ्चालन गर्ने चेतावनी दिनुभएको छ । भक्तपुरका आयोजित कार्यक्रममा सम्बोधन गर्दे महतोले यस्तो चेतावनी दिनुभएको हो ।

महतोले संभिधान संशोधन बिना मुलुकमा कुनै पनि निर्बाचन हुन नसक्ने बताउदै कांग्रेस, एमाले र माओबादी केन्द्र तीनै दल मधेस बिरोधी भएको आरोप लगाउनुभएको छ । महतोले मधेसी जनतालाई भारतीय देख्ने तथाकथित नेपाली नेताहरुनै भारतीय दलाल भएको खुलासा गर्नुभयो ।

जसले मधेसी जनतालाई भारतीयको आरोप लगाउछन तिनीहरुको खाता पिता दिल्लीले दिने गरेको महतोको भनाई थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *