Loading...
नयाँ शक्ति पार्टी नेपालको हिमाल,पहाड र तराई -मधेस राष्ट्रिय अभियान आजदेखि सुरु

काठमाडौं, चैत ९ । नयाँ शक्ति पार्टी नेपालको हिमाल,पहाड र तराई -मधेस राष्ट्रिय अभियान आजदेखि सुरु हुँदैछ । हिमाल, पहाड र तराई-मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको बताइएको हो ।
आज देखि सुरु हुने अभियान चैत ९–१३ सम्म देशव्यापी रुपमा संचालन हुनेछन् । आज लहानमा , चैत १० गते बर्दिबासमा र चन्द्रनिगाहापुरमा सभा हुनेछ । चैत ११ गते भैरहवामा र चैत १२ गते कोहलपुरमा सभा हुनेछ । चैत १३ गते धनगढीमा सभा भएपछि यस चरणको कार्यक्रम सम्पन्न हुने नयाँ शक्ति पार्टीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *