Loading...
प्रधानमंत्री र स्थानिय बिकास मंत्रीका सदबुद्धिकाे लागि बहादुरगंज चाैकमा हवन पुजन

 अंकुश श्रीवास्तव,कपिलबस्तु,चैत्र ९ । जिल्लाकाे कृष्णनगर नगरपालिका केन्द्र बहादुरगंज नबनाइएकाे निर्णयकाे विराेधमा अाज हवन पुजन गरिएकाे छ । कपिलबस्तु जिल्लाकाे कृष्णनगर नगरपालिकाकाे केन्द्र बहादुरगंज राख्न दबाव स्वरुप तीनदिन देखि चल्दै अाएकाे अान्दाेलनलाई निरन्तरता दिदै दाेस्राे चरणमा अाज प्रधानमंत्री र स्थानिय बिकास मंत्रीलाई भागवानले सदबुद्धी दिउन भनी बहादुरगंज चाैकमा स्थानियबासीहरुले हवनपुजन गराएका छन ।

ज्ञापनपत्र दिएपछि अान्दाेलन गरियाे, त्यसपछि पनि हामीलाई कुनै अश्वासन प्राप्त नभएकाेले भागवानले सदबुद्धी प्रदान गरून् भनी बहादुरगंज चाैक मै पुजनहवन गरिएकाे स्थानिय निरहु यादवकाे भनाई छ । भाेली प्रधानमंत्री र स्थानिय बिकास मन्त्रीकाे पुतला दहन गर्ने र पर्सि चैत्र ११ गते देखि गाउंगाउं हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेकाे जानकारी हरि जयसवालले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *