Loading...
प्रधानमन्त्री पुष्प कमल दाहाल आज चीन जाँदै

काठमाडौं, चैत १० । प्रधानमन्त्री पुष्प कमल दाहाल आज चीन जाँदै हुनुहुन्छ । चीनमा हुनलागेको बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नुभएको हो । प्रधानमन्त्री दाहालले चीनमा चीनिया राष्ट्रपति सि जिन पिंग र उपप्रधानमन्त्री झांग गाओली लगायतकासँग भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दाहालले बोआओ सम्मेलनमा सम्बोधन गरे पछि बेइजिंगमा चीनिया राष्ट्रपतिसँग भेट्ने कार्यक्रम तय भएको छ । चीनिया राष्ट्रपतिसँगको भेटका क्रममा द्धपक्षीय हितको बिषयमा कुराकानी हुने बताईएको छ । प्रधानमन्त्री दाहाल ल्हासा हुँदै नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *