
चन्दन रौनियार ,९ चैत । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङ्गको मोरङ कानेपोखरी सडक खण्डमा भएको बस दुर्घटनामा चारजना यात्रुको ज्यान गएको छ । २१ जना घाइते भएका छन । गम्भिर घाईते मोरङ्गको केरौनका शंकर बिश्वकर्माको अवस्था गम्भिर छ। पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको बसको अगाडीको टायर पड्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक राजन कार्कीले जानकारी दिनुभयो। दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा राखिएको छ ।
टायर पड्किएर अनियन्त्रित भएको बसले मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको छ। घाइतेहरुमा इलाम सूर्योदयकी बबिता बि। श्वकर्मा, कोरोबारी झापाका रोशन मण्डल, सतन इम्बु, सुनिता टुडु, सतुवा हैमरन, गौरीगञ्ज झापाका सन्तोष माझी, किशोर चौधरी, लिलबहादुर भट्टराई, मनिश भट्टराई, भद्रपुर झापाका अनिस बिश्वकर्मा, गौरीगञ्ज झापाकै दिलिप मण्डल, घैलाडुब्बा झापाका करनजित बर्मा, सिक्किम भारतकी मित्रावती भट्टराई, नारायण प्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका बिजय मुर्मु, पोखराका अनिल राना मगर, उत्तर प्रदेश भारतका इशर अली र पथरी मोरङका रामकुमार राई रहेको प्रहरीले जनाएको छ।
Seen 10:44pm
Facebook Comments