
नेपाल एसबिआई बैंक चुक्तापूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ । नेपाल एसबिआई बैंकले हकप्रदको अनुमति माग गर्दे चैत ७ गते निवेदन दिएको थियो । एसबिआई बैंकले चुक्ता पूँजीको ४० प्रतिशतले हुन आउने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको हकप्रद जारी गर्न धितोपत्र बोर्डसंग अनुमति माग गरेको छ ।
धितोपत्र बोर्डले स्वीकृती प्रदान गरेपछि बैंकले हकप्रद जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ ।
कम्पनीले गत माघ २७ गते २३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको थियो । गत बर्षको कमाईबाट लगानीकर्तालाई २८ प्रतिशत बोनस प्रदान गरेको बैंकको साधारणसभाबाट ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
Facebook Comments