
चैत ९, काठमाडौँ , सिटिजन्स् बैंकले २५ प्रतिशत हकप्रदको निष्काशन चैत २४ गतेदेखि गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता सेयर जारी गर्न लागेको हो ।
सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले हकप्रद बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्त गरिसकेको छ । हकप्रद सेयरमा सानिमा क्यापिटल लिमिटेड नारायणचौर नक्साल, लगायत सिटिजन्स बैंकको सम्पूर्ण शाखाहरुबाट समेत आवेदन दिन सकिने छ ।
फागुन २५ गतेसम्म बैंकको सेयर किन्ने लगानीकर्ताले २५ प्रतिशत हकप्रद प्राप्त गर्नेछन् भने हकप्रद प्रयोजनका लागि बैंकले गत फागुन २६ गते बुक क्लोज गरेको थियो । बैंकको हकप्रदमा २०७४ बैशाख २७ गतेसम्म आवेदन दिन सकिने बैंक ले जनाएको छ ।
बैंकको असोज १६ गते सम्पन्न दशौं बार्षिक साधारणसभाले सेयरधनीलाई १० बराबर २.५ कित्ता हकप्रद बेच्ने प्रस्ताव पारित गरेको थियो । सिटिजन्स् बैंकले फागुन १२ गते धितोपत्र बोर्डबाट २५ प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको थियो ।
Facebook Comments