
चैत्र १०, काठमाडौँ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाले आज चैत्र १० गते विहिबार धनकुटामा दबाव स्वरुप जनप्रदर्शन गर्ने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ धनकुटाको बिहिबार बसेको जिल्ला समन्वय परिषदमा आवद्ध १५ एकल जातीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, भातृसंगठनका प्रमुख एवं प्रतिनिधहरु र जिल्ला समन्वय परिषदका पदाधिकारी एवं सदस्यहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । नेपालको संविधानले आदिवासी जनजाति, मधेसी, उत्पीडित वर्गलगायत जनताको पहिचान र अधिकार सुनिश्चित नगरिएको प्रतिगामी संविधान संशोधन नगरी स्थानिय निकायको निर्वाचन गर्न नहुने भन्दै सरकारलाई दबाव सृजना गर्न जनप्रदर्शनको तयारी गरेको नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले बताउनु भएको छ राईका अनुसार चैत्र १० गते विहिवार मदनचोकमा भेला भएर विभिन्न जातजातिको भेषाभुषा सहित सजिएको रयालि सहितको झाँकी धनकुटा वजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय धनकुटामा ज्ञापन पत्र वुझाएर पुनः स्थानिय मदनचोकमा कोणसभा आयोजना गर्ने जानकारी दिएका छन् ।
फोटो इसमता डट कम
Facebook Comments