
चैत १०, काठमाडौँ कमेडी किङ्ग अभिनेता राजपाल यादब नेपाल आएका छन् । उनि नेपाली तथा हिन्दि भाषामा निर्माण हुन लागेको चलचित्र करोडपतिमा अभिनय गर्नको लागि काठमाण्डौ आएका हुन । निर्माण टोलिले दिएको जानकारी अनुसार उनि यस फिल्ममा नेपालिको भूमिका निर्वाह गर्दै छन् । त्यति मात्र नभएर उनि यस फिल्म मा बढी मात्रमा दौरा , सुरुवाल र टोपी लगाएर सुटिङ्ग गर्ने भएका छन् । फिल्म नेपालीमा ब्रदर पिक्चर्स र भारतमा केतन फिल्म्सको ब्यानरमा बन्न सुरु भएको छ । यो फिल्ममा अरु बलिउडका कलाकार भए पनि निर्माण पक्ष ले खुलाएका छैनन् ।
Facebook Comments