
काठमाडौं, चैत १० । प्रधानमन्त्री पुष्प कमल दाहालले आफ्नो चीन भ्रमण सदभाव मात्र नहुने खुलासा गर्नुभएको छ । माओबादी संसदीय दलको बैठकमा सम्बोधन गर्दे माओबादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले चीनसँग बिगतमा भएका सहमति कार्यन्वयन र नयाँ बिषयमा समेत सम्झौता हुन सक्ने बताउनुभयो ।
परराष्ट्र मन्त्रालयले कुनै सहमति सम्झौता नहुने बताएपनि दाहालको पछिल्लो भनाईले सरकारको दुई निकाय बिच समन्वय नभएको देखिएको छ । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री बीचको फरक फरक धारणाका कारण यो भ्रमणको तयारीमा समस्या देखिएको छ ।
Facebook Comments