Loading...
निर्बाचन अघि सिमांकन बाहेकको बिषयमा संबिधान संशोधन गरेर जाने प्रधानमन्त्रीको प्रस्ताव मोर्चाद्धारा अस्विकार

काठमाडौं, चैत १० । चीन भ्रमणमा जानु अघि राजनीतिक सहमतिका निम्ति भनेर डाँकिएको सत्ता गठबन्धन र मधेसी मोर्चा बीचको बैठक आज पनि बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निबास बालुवाटारका कांग्रेस, माओबादी केन्द्र, एमाले, राप्रपा र मधेसी मोर्चाका शीर्ष नेताहरु बीच बैठक बसेको थियो ।

प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्बाचन अघि सिमांकन बाहेकको बिषयमा संबिधान संशोधन गरेर जाने प्रस्ताब राख्नुभए पनि मोर्चाका नेताहरुले त्यसलाई अस्विकार गरेको छ । प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरुलाई जटिलता बुझिदिन आग्रह गरे पछि पुनं छलफल गरेर सहमतिको प्रयास गर्ने निर्णय भएको एक नेताले बताएका छन । मोर्चाले आफुहरुको प्रमुख माग सिमांकन भएकोले त्यसमा सम्झौता नहुने अडान देहोर्याएका थिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापा, एमाले नेताहरु वामदेव गौतम र सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रवक्ता पंफा भुषाल र नेता मातृका यादव, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झा, महेन्द्र राय यादव लगायत सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *