
अंकुश श्रीवास्तव, कपिलबस्तु । जिल्लाकाे बहादुरगंजमा खुला दिशा मुक्त तथा पुर्ण सरसफाई सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । कपिलबस्तु सुअाहराकाे अायाेजना तथा जिल्ला शिक्षा कार्यलयकाे प्रविधिक सहयाेगमा बहादुरगंजका चार सामुदायिक र दुई मदरसाका कुल २६ शिक्षक शिक्षिका तथा अभिभावकहरुलाई खुला दिशा मुक्त र सरसफाई बारे सहजीकरण गरिएकाे थियाे ।
जिल्ला शिक्षा कार्यालयबाट अाएका प्रशिक्षक रमेश कुमार पाण्डेय तथा स्राेत व्यक्ति देवेश सिहंले बहादुरगंजलाई खुला दिशा मुक्त गर्न बिद्यालयस्तर बाटै पहल हुनु अावश्यक रहेकाे कुरा अाैल्याउनु भएकाे थियाे । शिक्षा क्षेत्रकाे सिधा सराेकार समाजसंग हुने भएकाेले विद्यालयका अभिभावक, शिक्षक वर्ग पनि सरसफाई युक्त एवं खुला दिशा मुक्त गर्न सहकार्य गर्न अावश्यक पर्न गएकाेले अभिमुखिकरण कार्यक्रम ल्याईएकाे हाे ।
Facebook Comments