Loading...
पर्सा क्षेत्र नं. २ मा सडक निर्माणको काम  तिव्र
वीरगंज, चैत्र ११
पर्सा क्षेत्र नं. २ मा सडक निर्माणको काम  तिव्र गतिमा भईरहेको छ । वीरगंज उपमहानगरपालिका वडा नं. २३ प्रसौनी बिर्ता सवैठवा टोल देखि वडा नं. २२ जगरनाथपुर टोल सम्म करिब ६ किलोमिटर सडकको काम तिव्र गतिमा अगाडि बढिरहेको छ ।
  नेपाल सरकारको बहुचर्चित योजना एक निर्वाचित सांसदलाई एक बाटो र एक पुल कार्यक्रम अन्र्तगत सो सडक निर्माण गर्न लागिएको पर्सा क्षेत्र नं. २अका सांसद बिचारी प्रसाद यादवले बताए । समा कन्र्सटक्सन वीरगंजले ठेक्का पाएको सडक पिचको काम अन्तिम चरणमा पुगेको सांसद यादवले बताए । यादवले ६ किलो मिटर लामो सडक २४ फिट चौडा पिच हुने बताए । सडक निर्माण कामको अवलोकन गर्दै सांसद  यादवले निर्माण कार्यमा स्थानिय जनता ,सरोकारावला निकाय लगायत सम्पुर्ण बिकास प्रेमी जनताहरुलाई सहयोग गर्न अपिल गरेका थिए ।
सोही कार्यक्रम अन्र्तगत वीरगंज उपमहानगरपालिका वडा नं.२३ मा रहेको श्रीसिया खोलामा १० करोड लागतमा पुल निर्माण भईरहेको सांसद यादवले जानकारी दिए ।
सो अवसरमा नेकपा एमाले वडा नं. २३ प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु यादव,एमालेका स्थानिय नेता राजकुमार सिंह लगायतको उपस्तिथी रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *