Loading...
काठमाडौँमा समेत फोरम नेपालमा पार्टी प्रवेश गर्ने लहर , आज सयौ जना युवाहरु फोरम नेपालमा प्रवेश गर्दै

सरोज खिलाडी
चैत्र १२, काठमाडौँ  पहिचान र अधिकार प्राप्तिको लडाईंको अभियानमा रहेको संघिय समाजबादी फोरम नेपालमा पार्टी प्रवेश गर्ने लहर नै चलेको छ । खास गरेर मधेशमा सबै पार्टी भन्दा धेरै जनता प्रवेश गर्ने पार्टी संघिय समाजबादी फोरम नेपाल बनेको छ । एकसय दुइ सय जनाले अन्य पार्टीमा प्रवेश गर्छन भने फोरम नेपालमा २ हजार ४ हजार जनाले पार्टी प्रवेश गर्न थालेको छ । हालै मात्र मोरंग जिल्लाको एउटा स्थानिय पत्रिकाले फोरम नेपालमा मोरंग , सुनसरी र बिरगंजमा कांग्रेश – एमाले कै हाराहारीमा कार्यकर्ता भनेर समाचार नै प्रकाशित गरेको थियो । यी सबै कुरालाइ मध्ये नज़र गर्दै मधेशमा मात्र नभएर पहाडमा समेत फोरम नेपाल मै पार्टी प्रवेश गर्ने लहर चलेको छ । गुल्मी , अर्घाखाँची पाल्पा लगायत अन्य जिल्ला हुदै काठमाडौँमा समेत फोरम नेपालमा स्थानिय जनताहरु प्रवेश गर्न थालेका छन् । पहिले पनि कति पटक पार्टी प्रवेश कार्यक्रम गरेको फोरम नेपालले आज समेत ११ बजे तिनकुने पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रम रहेको जनाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव तथा बरिष्ठ नेता अशोक राइ समेत आजको कार्यक्रममा उपस्थित हुने फोरम नेपालले जनाएको छ । पार्टी प्रवेश गर्न लागेको एक युवा ले भने ”
पहिचान र अधिकार प्राप्तिको लडाईंको अभियानमा रहेको हुनाले संघिय समाजबादी फोरम नेपालमा पार्टी प्रवेश गर्न नेपालि जनता इछुक भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *