Loading...
आन्दोलनरत मधेशको समस्याप्रति  भारत गम्भीर

दिल्ली ११, चैत्र– भारतीय गृहमत्री राजनाथ सिंहले नेपालको आन्तरिक समस्याले लामो समयदेखि निकास नपाएकोप्रति चिन्ता जाहेर गरेका छन् । नेपाल शान्ति र विकासको दिशामा अघि बढ्नु पर्नेमा आन्तरिक समस्याले नेपाल अस्थिर बनेको भन्दै गृहमन्त्री सिंहले चाडै समाधान खोजिनु पर्नेमा जोड दिएका छन् ।

संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवसँग भारतको नयाँ दिल्लीमा भएको भेटमा भारतीय गृहमन्त्री सिंहले भने,– ‘नेपालको शान्ति र विकासका लागि भारत चिन्तित छ, त्यो सँगै वर्षौदेखि अधिकार प्राप्तिको लागि आन्दोलनरत मधेशको समस्याप्रति पनि भारत उत्तिकै गम्भीर छ ।’फोरम नेपालका नेता यादवले गृहमन्त्री सिंह र गृहराज्य मन्त्री किरण रिज्जूलाई नेपाल र भारतको सीमाना समस्या बारे पनि ध्यानाकर्षण गराएका छन् ।

मधेसको राजनीतिक समस्या तथा त्यसबाट सीमा क्षेत्रमा देखिएको प्रभाव बारेमा सीमा क्षेत्रका नेता, बृद्धिजीवि र पत्रकारहरुको टोलीले भारत सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली टोलीसँगै भारतको तर्फबाट मुजफ्रपुरका सांसद अजय निषाद समेत भेटघाटमा सहभागी थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *