Loading...
एकात्मक राज्य बिरुद्धको आन्दोलनले उचाई लिईरहेको बेला  लिम्बुवान मंच अलिक सुस्ताएको हो कि ?

कुमार लिङदेन मिराक

संघीय लिम्बुवान मंच ,नेपाल मुक्तिको लागि एकपल्ट फेरी सम्पूर्ण तागतका साथ् सडकमा उत्रनु पर्ने भो ।

दोस्रो संबिधान सभाको चुनाब ताका वा २०७० मंगसिर ४ गते भन्दा अघि तत्कालिन संघीय मंच सम्बद संघीय लिम्बुवान राज्य परिषदका नेता कार्यकर्ताहरुको जोश ,जाागर देख्दा यस्तो लाग्थ्यो – कि मंच सम्बद लिम्बुवानका कार्यकर्ताहरुसंग संसार बदल्ने हिम्मत, आँट र जुझारुपन छ , साँच्चै नै त्यसबेला हाम्रो नेता, कार्यकर्ताहरुले उच्च हिम्मतका साथ एकात्मक राज्य सत्तासंग शान्तिपूर्ण आन्दोलनको उचाई आन्दोलन लडेका हुन् | धेरै नेता कार्यकर्ता हरु जेल परे ,कयौ घाइते भए |

त्यसबेला हामि तातियौ अन्य पहिचान बादीहरू तातिनु भएन | नतिजा हामी हार्यौ ,एकात्मक राज्यको जित भयो ,सेना लगाएर चुनाब गराए | हामीले चुनाब रोक्न नसके पछि हाम्रो नेता , कार्यकर्ता हरुमा निराशा छायो | त्यहि निराशामा केहि साथीहरु खेल्न थाले – यो सबै अध्यक्षले गर्दा भएको हो |

मैले भने – हो , मेरो कार्यकालमा भएका राम्रा नराम्रा सबै कुराको म जस अपजस लिन्छु तर यो असफलतालाई कुनै हालतमा सफलतामा पुर्याई छोड्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु ,म यहि मर्छु तर म मैदान छोडेर भाग्ने मान्छे होइन |

मैले हेरी मात्र रहे , साथीहरुले खेल्नुसम्म खेले |मनमनै सोचे – यति सानो कुरामा आत्तिने मान्छेहरुले जीवनमा के गरिखाला है | अनि २३ महिनासम्म हामी अबैज्ञानिक एकताको चक्रव्यूह मा फस्यौ | हाम्रा सबै सांँगठानिक संरचनाहरु ध्वस्त गरिए |

आजको दिनमा मंच लिम्बुवान जुन रुपले पुन शसक्त हुदै छ , यति चाडै फेरि यो मंच यो रुपमा आइपुग्छ जस्तो त मैले सोचेकै थिइन , किनकि मंचलाई त्यति योजनाबढ्द ध्वस्त गरिएको थियो | अहिले बल्ल ६ वटा जिल्लाको अधिवेशन सकियो ,अझै ३ जिल्लाको अधिवेशन गर्न बाँकि नै छ |

बास्तवमा दोस्रो संबिधान सभाको चुनाब बहिस्कार पछि हामी नआतिएको भए सिंगो क्रान्तिकारी परिवर्तनकारी राजनैतिक धारको नेतृत्व मंचले लिनेवाला थियो | यतिबेला मंच त धेरै ठुलो अभिभावक दल भैसकेको हुन्थ्यो |
किनकि ठुलो आधि पछि एकछिन सुनसान छाए जस्तै ठुलो आन्दोलन पछि एकछिन सन्नाटा त छाउँथ्यो नै , त्यो नियम नै हो , तर हामि आत्तिनु हुने थिएन |

हामीले त्यसबेला भनेको कुरा ठिक थिएछ नि – यो दोस्रो संबिधान सभाको चुनाब सफल हुनु भनेको संघीयताको आन्दोलन गोलचक्करमा फसिजानु हो |
हुन पनि त्यस्तै भयो नि त – पहिचान बिरोधीहरुले म्याच फिक्सिंग गरेर बहुमत लाए , पहिचान बिरोधी संविधान ल्याए , मान्छे मारे , अहिले स्थानीय चुनाव गर्न तम्सिएका छन् , यो चुनाव सफल भए केन्द्रको चुनाव गर्छन् र प्रान्तको चुनाव २० बर्ष गर्दैनन् , अनि त ०४७ साल को संबिधान जस्तै त हुने भयो नि , केन्द्रीय सरकार र गा बि स सरकार |
बास्तवमा हामी संघीयवादीहरुलाई एकात्मकवादीहरुले ठुलो गोलचक्करमा फसाई सकेका छन् | तर अहिले देशका अन्य संघीयवादी साथीहरुले कुरा बुझे र धमाधम प्रतिरोध गरिरहेका छन् | मधेशमा ,थरुहटमा कडा प्रतिरोध भैरहेको छ – त्यहाँका साथीहरुले भनिरहेका छन् , मंसिर ४ गतेको बेला लिम्बुवान मंचले भनेको कुरा ठिक थिएछ , त्यतिखेरै प्रहार गर्नु पर्ने थियाे |

जेहोस  ,ढिलै भए पनि सिंगो देशको पहिचानवादी आन्दोलन लिम्बुवान मंचले तय गरेको बाटोमा आइरहेको छ | हामीबाट नै उतप्रेरित भएर साथीहरु आआफ्नो ठाँउमा लडिरहनुभएको छ |पहिचानको आन्दोलनले फेरि एकपल्ट उचाई लिएको छ |

एकात्मक राज्य बिरुद्धको आन्दोलनले उचाई लिईरहेको बेला हामी लिम्बुवान मंच अलिक सुस्ताएको हो कि जस्तो देखिएको छ , यो कुरा अन्य ठाउको साथीहरुले पनि महसुस गरेका छन् | लिम्बुवान मंच अलिक सुस्ताएको जस्तो देखिनुमा थुप्रै कारण हरु छन् , तहस नहस भएको आफ्नो घर सम्भालने काममा नै अहिले अलिक ब्यस्त भैरहेको छौ |

तर , सम्पूर्ण नेता ,कार्यकर्ता हरुलाई फेरी एकपल्ट आब्हान गर्दछौ – हाम्रै कारणले देश तातियो , हाम्रै उत्प्रेरणले साथीहरु ज्यान आहुति दिईरहनु भएको छ , यो बेलामा हामीले हाम्रो आत्माभित्र अचम्मको साहास सृजना गर्न सक्नुपर्दछ | सम्पूर्ण कठिनाइहरुलाई कुल्चेर मुक्ति आन्दोलनको राँकोलाई उचाल्ने हिम्मत कस्नुपर्दछ |
म /हामी आशा गर्छौ – यो कठिन र निर्णायक घडीमा फेरी पनि लिम्बुवान मंचले बिगतको आफ्नो लडाकु क्षमतालाई प्रदर्शन गर्दै मुक्तिको झण्डा बोकेर एकात्मक राज्य बिरुद्धको लडाइमा दशौ हजार जनताहरु सडकमा उतार्ने छ | अप्ठ्यारो परिस्थितमा नै केहि गर्न सकियो भने – त्यसको एेतिहासिक मुल्यांकन हुने हो |
स्वदेश र प्रवासका सबै नेता ,कार्यकर्ता हरुलाई जुर्मुराउन अपिल गर्दछु |

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *