Loading...
आर्थिक क्रन्ति देशको आबश्यक्ता भएको भारत सरकारका केन्द्रिय मन्त्री नितिन गडकरीको धारणा

 राजु लामा – नयाँ दिल्ली , चेत्र ११ । भारत सरकारका केन्द्रिय मन्त्री नितिन गडकरीले आर्थिक क्रन्ति देशको आबश्यक्ता भएको औल्याउनुभएको छ । अन्तरराष्ट्रिय स्तरमा काम गरिरहेको संस्था वल्र्ड पार्लिमेन्टको सदस्यहरुसँग कूरा गर्दे गडकरीले सो कुरा बताउनुभयो । गडकरीले वल्र्ड पार्लिमेन्टले गरेको कामलाई सरहना गर्दे भारत सरकारको तर्फबाट संस्थाको कामलाई सहयोग गर्ने आश्वासन समेत दिनुभएको छ ।

त्यसैगरी, पर्लिमेन्टले नयाँ दिल्ली स्थीत फोरेन करेसपोन्डेन्ट क्लबमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बिश्व प्रसिद्ध अभिनेत्री एबम डिजाईनर गौतमी तडीमालाले बल्र्ड पार्लिमेन्टले गर्ने राजनीतिक, सामाजिक, आर्थिक गतिबिधिको प्रशंसा गर्दे आर्थिक स्वतन्त्रताको लागि यस संस्थाले गरेको काम बिश्वमा उदाहरणीय भएको चर्चा गर्नुभयो । कार्यक्रम कै अर्का बक्ता फोरेन करेसपोन्डेन्ट क्लबका अध्यक्ष पत्रकार वेंकट नारायणले सञ्चारको क्षेत्रमा पर्लिमेन्टले राखेको अबधारणा उपयोगी हुने बताउनुभयो ।

 

  •  मन्तब्य राख्दै वर्ल्ड पार्लिमेंटका संस्थापक अध्यक्ष अजय कुमार पाण्डे 

कार्यक्रममा भारत सरकारका केन्द्रिय मन्त्री नितिन गडकरी ,दीन दयाल मेडिकल शोध संस्थानका प्रमुख डा. विरल कामदार , वल्र्ड पार्लिमेन्टका संस्थापक निर्देशक अजय कुमार पांडे, प्रतिष्ठित अधिबक्ता उमेश शर्मा लगायतले वल्र्ड पार्लिमेन्टको आबश्यक्ताको बिषयमा धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका संस्थापक अजय कुमारले वल्र्ड पार्लिमेन्टको अन्तरराष्ट्रिय सम्मेलन यसै बर्ष लंडनमा गर्ने जानकारी पनि दिनुभएको थियो । कुमारले संस्थाको बिषयमा बताउदै दुई बर्ष भित्र सरकारी बैंकको माध्यमबाट सयौं उद्यमी तयार गर्ने जानकारी दिनुभयो । कुमारले पार्लिमेन्टले युवाहरुलाई मार्गदर्शन गराउनका साथै आर्थिक, सामाजिक र राजनीतिक स्वतन्त्रताको लागि पहल गरिरहेको बताउनुभयो । उहाँले संस्थाले पाँच देशमा काम गरिरहेको जानकारी दिदै यो संस्थासँग जोडेर समाज, देश र बिश्वमा परिवर्तन गर्न सक्ने बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *