Loading...

काठमाडौं, १२ चैत्र । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार चरम रुपमा अघि बढिरहेको हुनाले प्रचण्ड नेतृत्वको सरकारको विकल्पको संकेत गरेका छन । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले भने– मुलुकमा सरकारको कारण भ्रष्टाचार चरम रुपमा बढेको छ । यसको विकल्प खोज्नु पर्दछ । ’ मधेशमा मोर्चाका कार्यकर्ताहरू निर्वाचनको तयारीमा जुटेका छन् नि भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा यादवले भने,‘हाम्रा कार्यकर्ताहरुले के गरिरहेका छन् भन्ने कुरा हामीलाई पनि थाहा हुन्छ, हाम्रा कार्यकर्ता निर्वाचन होईन आन्दोलनको तयारी गर्दैछन्।’ एमालेसँगको नजिकिदो सम्बन्ध र सरकार परिवर्तनको संम्भावनाको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा यादवले त्यस्तो बताएका हुन । उनले एमाले आफूहरुको स्थायी सत्रु नभएको र राजनीतिमा स्थायी सत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए ।

क्लबका महासचिव शशी कोइरालाको सभापतित्वमा आयोजित साक्षात्कारमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका संयोजक यादवले मुलुकमा बेथिती बढेको र एनसेलसँग अर्बो लाभकर उठाउन नसकेको, र सरकारले आफ्ना कार्यकर्ताको नाममा करोडांै पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको आरोप लगाए ।उनले सरकारले स्थानीय तहको निर्वाचन पहिले गर्न खोजेर संघीयता र गणतन्त्रलाई सखाप पार्न षड्यन्त्र गरिरहेको आरोप लगाए । यादवले भने,‘पहिले संसदको निर्वाचन हुनुपर्छ, त्यस पछि प्रदेशको र अन्त्यमा स्थानीय तहको निर्वाचन हुनुपर्छ, अहिलेको संविधानले मधेशी, जनजाती, थारु, संघीयता पक्षधर र सिमाङ्कनको विषयलाई उपेक्षा गरेको छ, यो संविधान पुर्नलेखन नगरिएसम्म मुलुकको भलो हुँदैन।’

bhiDiyo: reportersnepal.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *