Loading...
नेपालको लागि नबनियुक्त भारतीय राजदुत मञ्जीप सिंह पुरी नेपालमा

काठमाडौं, चैत्र ११ । नेपालको लागि नबनियुक्त भारतीय राजदुत मञ्जीप सिंह पुरी आज नेपाल आउनुभएको छ । नेपालको लागि २४औं भारतीय राजदुतको रुपमा उहाँ नेपाल आउनुभएको हो । चार बर्षे कार्यकालको लागि नेपाल आएका उनी भारतको कुटनीतिज्ञ क्षेत्रका बरिष्ठ कुटनीतिज्ञ मध्ये पर्दछ । आज उहाँलाई त्रिभुवन अन्र्तराष्टिय बिमानस्थलमा भारतीय दुताबासका उच्च अधिकारीहरु स्वागत गर्न गएका थिए ।

पुरी अघि नेपालका लागि भातीय राजदुत रञ्जीत रे आफ्नो कार्यकाल पुरा गरी भारत फर्किसकेका छन । पुरीको नेपाल आगमन सँगै नेपाल र भारतको सम्बन्धलाई थप उचाईमा पुग्ने नेपाल भारत मामिलाका जानकारहरु बताउछन । यो सँगै भारतमा भारतीय जनता पार्टीको सरकार बनेपछि कुटनीतिज्ञको रुपमा पुरीको आगमनलाई नेपाल भारतको सम्बन्धलाई बिगतको भन्दा फरक हुने बिश्लेषण गरिएको छ ।

नेपालको हरेक मामिलामा भारतको प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेपको आरोप खेपिरहेको भारतीय पक्षलाई नयाँ कुटनीतिज्ञको आगामी दिनहरु कस्ता हुनेछन त्यसलाई हेर्नैपर्ने देखिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *