Loading...
बन्दुकको भरमा मधेशमा चुनाव गराइए देश अकल्पनिय द्वन्दमा  फस्ने :  राजेन्द्र महतो

  चन्दन रौनियार- सर्लाही, १२ चैत । मधेशी जनताको माग सम्बोधन नगरी तीन ठूला दलले बन्दुकको भरमा मधेशमा चुनाव गराउन खोजे देशमा अकल्पनिय द्वन्दमा फस्ने सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अध्यक्ष राजेन्द्र महतोले चेतावनी दिनुभएको छ । गृह जिल्ला सर्लाही आउनुभएको अध्यक्ष महतो शनिवार प्रेस मञ्च नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान संशोधन बिना चुनाव गराए देशमा अकल्पनिय घट्ना हुने दाबी गर्नुभयो । बन्दुकको बलमा गरिएको चुनावलाई अन्तराष्ट्रिय शक्तिले पनि नमान्ने उहाँले बताउनुभयो ।

पटक–पटक सहमति र सम्झौताको नाउँमा ठूला तीन दलले मधेशी मोर्चालाई धोखा दिएको आरोप लगाउनुभयो । जनता अधिकारको आन्दोनमा होमिएका बेला जबर्जस्ती नगर्न उहाँले तीन ठूला दललाई आग्रह पनि गर्नुभयो । ‘लोकतान्त्रिक मुलुकको लागि चुनाव अपरिहार्य हो, मधेशी मोर्चाले पनि चुनाव चाहेको छ ।’ तर त्यसको लागि संविधान संशोधन गरी विगतको सम्झौता लागु गरे मात्र हामी नयाँ सम्झौता तर्फ जाने उहाँले बताउनुभयो । अब हामी लिखित सम्झौताको नाममा जालझेलमा पर्दैनौं । अब काम नै हुनुपर्छ ।’ उहाँको भनाई थियो ।

नयाँ सम्झौता हुने भन्ने हल्ला निराधार रहेको उनले स्पष्ट पार्नुभयो । थ्रेस होल्ड लागु गर्नु जायज रहेको उहाँले बताउनुभएको छ । थ्रेस होल्डले व्यक्तिगत स्वार्थ पुरागर्न खोलिएको पार्टीलाई तह लगाउने महतोले भन्नुभयो । अर्को प्रसंगमा उहाँले जनसंख्याको अधारमा सिमांकन गरिनु पर्ने बताउनुभयो । मधेशमा केही नेताहरुले आफ्नो मनपरी ढंगले सिमांकन गरेको छ, जुन त्रुटीपूर्ण रहेको उहाँको भनाई थियो ।

प्रेस मञ्च नेपाल सर्लाहीको अध्यक्ष चन्देश्वर यादव (चन्दु) को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सद्भावना पार्टीका केन्द्रिय कोषाध्यक्ष अरुण कुमार सिंह, केन्द्रिय सदस्य डा.अब्दुर रहिम मिकरानी, केन्द्रिय सल्लाहकार समितिका सदस्य श्याम बाबु सिंह, जिल्ला अध्यक्ष प्रमोद साह, जिल्ला सचिव नागेश्वर साह र जिल्ला प्रवक्ता राजेश भण्डारी लगायत जिल्लाभरीको संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *