Loading...

बेइजिङ, चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेइजिङ पुग्नुभएको छ । बोआओ सम्मेलनमा भाग लिन बिहिबार चीनको हेनान पुगेका प्रधानमन्त्री प्रचण्ड शनिबार अपरान्ह बेइजिङ पुगेका हुन् । प्रधानमन्त्रीलाइ बेइजिङ विमानस्थलमा चीनको विदेश मन्त्रालय र नेपाली दूतावासका अधिकारीहरुले भव्य स्वागत गरेका छन् । आजै प्रधानमन्त्री दाहालको सम्मानमा बेइजिङस्थित नेपाली दूतावासले रात्रीभोजको आयोजना गरेको छ ।

बेइजिङ उड्नुअघि प्रधानमन्त्रीले आज बिहान बोआओ सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । सम्मेलनमा सम्बोधन गर्दै दाहालले विश्व भूमण्डलीकरणको बर्तमान अबस्थामा एसियाको नेतृत्व आबश्यक भएको बताउनुभयो साथै उहाले नेपाललाई दक्षिण एसियाकै केन्द्र र एसियाकै केन्द्र बनाउन सक्ने धारणा राख्नुभयो । प्रधानमन्त्रीले भोली बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नेछ ।

प्रधानमन्त्रीले सोमबार वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । चैत १५ गते प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ ।

( प्रधानमन्त्री दाहालको सम्बोधन भिडियो सेक्सनमा राखिएको छ )

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *