Loading...
स्थानीय तह निर्वाचनमा चुनाव पक्षधर र इतर पक्ष विभाजित – प्रेमचन्द्र झा
  • प्रेमचन्द्र झा

स्थानीय तह निर्वाचनमा सहभागिताका विषयलाई लिएर मुलुकमा चुनाव पक्षधर र इतर पक्ष विभाजित देखिएका छन् । निर्वाचनमा सहभागिताका लागि दुवै पक्ष एक देखिए पनि त्यसंग जोडिएका राजनीतिक सवाललाई सहजताका साथ सम्बोधन गरिए बातावरण बन्नेमा विश्वस्त रहेका छन् । वर्तमान सरकार पनि मधेशी मोर्चाको सहयोगमा बनेका कारण विश्वास गर्ने आधार रहेको देखिन्छ । समय परिस्थिति प्रतिकुल भएका कारण मधेशी मोर्चा आबद्ध दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन ।

तर सरकारलाई मोर्चाले गरेको सहयोग उयधारो रहेका कारण पनि सो मुल्य चुकाउन सरकारका प्रमुख एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रत्यन्नशिल देखिएको हो । प्रधानमन्त्री दाहाल कै सक्रियताले कांग्रेस, एमाले, माओवादी र मधेशी मोर्चाको बैठक बसी समसमायिक सवालमा विचार विमर्श भएका छन् । मधेशी मोर्चालाई निर्वाचनमा जान अनुकुल हुने सबै जसो सवालमा छलफल भएको बैठकका सहभागि नेताहरुको भनाई रहेका छन् ।

मोर्चाको माग प्रति सत्तापक्ष र विपक्ष करिब करिब सहमति नजिक पुगि सकेको कुरा प्रकाशमा आएपनि राजनीति विषय बस्तुमा अन्तिम समझदारी सम्झौता लिखत रुपमा नआए सम्म विस्वास गर्ने अवस्था हुँदैन । नेपालको विभिन्न राजनीतिक घटना क्रममा अन्तिम अन्तिम मा गएर कुरा नमिले दृष्टतान्त रहेका छन् । वर्तमान परिपेक्षमा सत्तापक्ष एउटै टेबुलमा मधेशी मोर्चालाई राखी कुरा सुन्ने चेष्टा गरेर सराहनिय काम गरेका छन् । लोकतन्त्रमा कुनै पनि कुरालाई सम्वादको मार्फतले निर्णायक तहमा पुरयाउन उत्तम मानिन्छ । मधेशको सवालमा सरकार पक्ष प्रमुख प्रतिपक्षी र मधेशी मोर्चा एउटै फोरममा सम्वाद गर्नुले धेरै कुराहरु जसले स्पष्ट गरेका छन् ।

अब सरकार होइन मधेशको सवालमा प्रमुख प्रतिपक्षी नेकपा एमाले समेत चोसो राख्न थालेको छर्लङ्ग भएका छन् । नेकपा एमाले पनि मधेशको सवाललाई संविधान संसोधनको माध्यमले टुग्याउन इच्छुक रहेको बुझिन्छ । घोषित संविधानलाई कार्यान्वयनका लागि पनि संविधान संसोधनले ढोका खोल्नेछ भने अर्को तर्फ मधेशी मोर्चाले जारी गरे आन्दोलन विराम लिन्छ । संविधान कार्यान्वयन गराउन अब आउने नौ महिना भित्र देशमा गर्नुपर्ने तीन तहको निर्वाचनको ढोका खुल्ने छन् । निर्वाचनका लागि मधेशका गाउँ तथा शहरका जनता उत्सुक छन् । चुनावा उम्मेदवार बन्नेहरु आ—आफ्ना पार्टी पंक्ति देखि आफ्ना समर्थन शुभेच्छुक अगाडी कुरा राख्न थालिसकेका छन् । सरकारले २०७४ बैशाख ३१ गतेका लागि देशभर एकसाथ स्थानीय तहका मतदान हुने कार्यक्रमले समेत चुनावी चर्चा बढाएका छन् ।

मधेशका जनता, नेता कार्यकर्ताहरु चुनावको विरोधमा देखिदैन तर सरकारले मधेशको माग प्रति गरेको वेवास्ता प्रति आक्रोशित भएका छन् । जसको फलस्वरुप सरकारले गरेको स्थानीय तहको पुर्नसंरचना अनुसार स्थापित गाउँपालिकाको कार्यालय संचालन तथा त्यसका सबै काम कार्यवाहीमा मधेशी मोर्चाले अवरोध गरेका छन् । मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार हामी चुनाव विरोधी होइन, लोकतन्त्रको सबभन्दा ठुलो पर्व चुनाव हो, हाम्रो इच्छा चुनावमा जाने हो तर सरकार चुनावको बातावरण बनाउन तयार छैन । चुनावको बातावरण बनाउन सरकारले मोर्चाको सहमतिमा संविधान संसोधन गर्नुपर्छ भने अध्यक्ष महतोको भनाई रहेको छ । सरकारद्धारा घोषित निर्वाचनलाई मधेशी मोर्चाका नेताहरु पनि स्वीकार गर्ने पक्षमा रहेका छन् । तर मधेशी मोर्चाले आफ्ना विभिनन माग पुरा नगराए सम्म चुनाव मात्र होइन मधेशमा सरकारका कुनै पनि नयाँ गतिविधि हुन दिने पक्षमा छैन ।

मधेशी मोर्चालाई वेवास्ता गरी चुनाव गराउन पक्षमा यदी सरकार छन् भने ठुलो गल्ती हुनेछ । मधेशमा भएको खास गरी प्रदेश नम्बर २ मा भएका पछिल्लो घटनाले पनि चुनावमा असहजता बढ्ने संकेत देखाई सकेका छन् । नेपाली सेना, सशस्त्र र प्रहरी प्रशासनको बलमा चुनाव गरिएता पनि जनताले सहजता साथ मतदान गर्ने र उम्मेदवारले आफ्नो कुरा जनताबीच राख्ने बातावरण बन्ने अवस्था सहज रुपले बन्न सक्ने अवस्था छैन । तसर्थ, बैशाख ३१ गते देशभर एक साथ स्थानीय तहको निर्वाचन गर्ने घोषणाले सहज स्थिति सृजना भएको छ । मधेशी मोर्चालाई समर्थन गर्ने देशका धेरै जसो राजनीतिक दल र समाजिक संघ संस्था कुटनितिक नियोगले मोर्चालाई साथमा लिए मात्र निर्वाचन सम्भव रहेको प्रतिकृया दिईराखेको हो ।

सताहिन कांग्रेस माओवादी केन्द्रका नेताहरुले कुनै पनि पक्षलाई निषेध गरेर हुने निर्वाचन देशको लागि हितकर नहुने सम्मका प्रतिकृया दिएका छन् । आफ्नै घर भित्र सहजताको स्थिति नबनेसम्म प्रतिपक्षलाई खुशी पार्न गरिने निर्वाचनका लागि अनुकुल बातावरण बन्ने स्थिति नरहेको ती नेताहरुको भनाई रहेका छन् । मधेशमात्र होइन देशभर सहज बातावरण चुनाव गराउने बतावरण निर्माण सरकारले बनाउनु पर्ने देखिन्छ । सरकार यसका लागि राजनीतिक दलबीच रहेका असमक्षदारी हटाउने उपाय निकाल्नु आजको प्रमुख आवश्यकता हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *