
चैत्र १२, सङ्घीय समाजवादी फोरम, काभ्रेको ३ नं. क्षेत्रीय भेला सांघा भञ्ज्याङमा सम्पन्न भएको छ । कमल तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा पार्टीका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठ, अन्य अतिथीहरुमा केन्द्रीय सदस्य तथा पार्टीका काभ्रे इञ्चार्ज उत्तम लामा, बैकल्पिक के.सदस्य सिंह ब.तामाङ,ताम्सालिङ प्रदेश समिति उपाध्यक्ष आशामान तामाङ,जिल्ला अध्यक्ष सिद्धि ब.जोशी लगाएत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उक्त भेलाबाट अध्यक्षमा कमल तामाङ,उपाध्यक्षमा हरि प्रजापति,कोषाध्यक्षमा वसन्ती राणा मगर,सचिवमा गणेश तामाङ लगाएत १५ सदस्यीय ३ नं. क्षेत्रीय समिति गठन गरिएको छ भने सो भेलामा राष्ट्रिय जनमुक्ति पार्टी काभ्रे जिल्लाका अध्यक्ष बिर ब. तामाङ,उपाध्यक्ष चेत ब. बिक,कोषाध्यक्ष काली तामाङ लगाएत १४ सदस्यीय पुरै जिल्ला समिति ससफो,नेपालमा समाहित भएका छन् । प्रमुख अतिथीबाट निर्वाचित समितिलाई सफत ग्रहण गराउनुका साथै नव प्रवेशीहरुलाई खादा लगाई स्वागत समेत गर्नु भयो ।
Facebook Comments