Loading...
खुल्ला सुगठन प्रतियोगिताको उपाधि मनिस मान लामाले हात पर्न सफल

वीरगंज १२ चैत्र, मिस्टर नारायणी श्री खुल्ला सुगठन प्रतियोगिताको उपाधि मनिस मान लामाले हात पारेका छन् ।
फिटनेश स्टुडियो नेपालको आयोजनामा आज वीरगंजको नेशनल मेडिकल कलेजमा भएको खुल्ला शारीरिक सुगठन प्रतियोगिताको नेशनल मेडिकल कलेज वीरगंजका प्रबन्ध÷निर्देशक बसरुदिन अंसारी, नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्यायले संयुक्त रुपमा उदघाटन गर्नु भएको थियो ।   प्रतियोगितामा आलोक मिश्रा द्वितिय, सुरेश राजबंशी तृतिय र अजय कुमार चौथो स्थानिय हासिल गर्नु भएको छ । प्रतियोगिताका प्रथम विजेतालाई रु. १ लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३० हजार र चौथोलाई २० हजार नगद, प्रमाणपत्र सहित मेडलले प्रमुख अतिथि नेशनल मेडिकल कलेजका प्रबन्ध÷निर्देशक बसरुदिन अंसारीले सम्मान गर्नु भएको थियो ।
शारीरिक व्यायाम गर्न सर्वसाधारणलाई प्रेरित गर्ने, विभिन्न प्रकारका दुव्र्यसनहरुबाट युवा वर्गलाई टाढा राख्ने, खेलको संस्थागत विकास र विस्तार गर्ने, व्यवसायिक खेलाडिहरु तयार गर्ने, शारीरिक ब्यामका माध्यमबाट स्वास्थ्य र दक्ष जनशक्ति तयार गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा नारायणी अञ्चल भरीका ५५, ६०, ६५, ७० केजी समुहका २२ जनाले सहभागीता जनाएका थिए । कार्यक्रमको आयोजना गरिएको छ ।


कार्यक्रममा पर्साका प्रहरी उपरिक्षकद्वय गोबिन्द कुमार साह र रबिन्द्र ठाकुर, एसियन डिष्टिलरीका उदय बिष्ट, वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारी, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, पूर्व प्रशासकिय अधिकृत एवं नेपाल तेक्वान्डो संघका केन्द्रिय सदस्य शिवशंकर पटेल, मुस्लिम फोरमका केन्द्रिय अध्यक्ष मौलाना नुरुल होदा, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह, आकाश एफएमका एमडि आशिक अंसारी लगायतको विशेष उपस्थिति रहेका थियो ।
प्रतियोगिताका विजेतालाई मलेसिया, सिं·ापुर ५ दिनका लागि भ्रमणको व्यवस्था समेत गरिएको आयोजकले जनाइएको छ । सो अवसरमा सहभागीहरुलाई नेपालका चर्चित नेपाली तथा भोजपुरी गायकद्धारा मनोरन्जनात्मक प्रस्तुती, जुम्वा डान्स, हास्य कलाकारद्धारा मनोरञ्जनात्मक प्रस्तुती समेत गराइएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *