
बीरगंज, १३ चैत
कुर्मी सशक्तिकरण मञ्च बाराले आज क्षेत्र नं.४ मा क्षेत्रिय कमिटी गठन गरेको छ । गाविस बहुअरी धर्मशालामा युवा नेता एवं स्थानिय अजय पटेलको सभापतित्वमा सम्पन्न भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं मञ्च बाराका जिल्ला अध्यक्ष रमेश पटेलले संगठन विस्तार कार्यलाई निरंतरता दिदै समाजमा रहेका विकृति एवं विसंगति विरुद्ध एक भएर लाग्ने कुरामा जोड दिएका थिए ।
क्षेत्रिय भेला एवं गठन कार्यक्रममा बोल्दै मञ्च पर्साका अध्यक्ष एवं पत्रकार संतोष पटेलले समाजमा दाइजो, छेका र बाल विवाह जस्ता समाजिक विकृति समाजबाट अन्त्य नभए सम्म समाजको समृद्ध विकास नहुने बताउनु भयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहेका पटेलले समाजको राजनितिक एवं व्यवसायिक रुपबाट विकास गर्नु पर्ने कुरामा जोड दिनुभएको थिए ।
कुर्मी सशक्तिकरण मञ्च बारा क्षेत्र नं. ४ को क्षेत्रीय कमिटि ललन पटेलको अध्यक्षतामा २५ सदस्यीय गठन गरिएको थियो । समितिको उपाध्यक्षमा सुरेश पटेल, सचिव तेजनाथ पटेल, सहसचिव दिलिप पटेल, कोषाध्यक्ष कन्हाई पटेल, कार्यसमिति सदस्यहरुमा ललिन्द्र पटेल, लालदेव पटेल, संजय पटेल, बैद्यनाथ पटेल, बच्चु पटेल, अजय पटेल, हिरा पटेल, विजय पटेल, प्रयाग पटेल, मोहन पटेल, लालविहारी पटेल, सुनिल पटेल, वृज किशोर पटेल लगायत २५ जना रहेका छन् । गठन एवं भेला कार्यक्रममा कुर्मी समाजका अगुवाहरु रामकिशोर पटेल, संतोष पटेल, मनोज चौधरी, हरेन्द्र पटेल, गजेन्द्र पटेल, रामसागर पटेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । नरेश पटेलले सहजीकरण एवं ललन पटेलले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । यस अघि मञ्चले बारा जिल्लाको क्षेत्र नं. १ र ३ मा समेत क्षेत्रिय कमिटि गठन गरि सकेको छ ।
Facebook Comments