Loading...
सप्तरीको मलेठमा र नेपालगञ्जमा प्रहरीको गोलिले मारिएका शहीदहरुको सम्झनामा मोर्चादवारा देशव्यापी दीप प्रज्जवलन तथा श्रद्धाञ्जली सभाको आयोजना

काठमाडौं १३, चैत्र । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनको शान्तिपूर्ण विरोध प्रदर्शनमा सप्तरी र नेपालगञ्जमा प्रहरीद्धारा ज्यान गुमाएका शहीदहरुको सम्मान र सम्झनामा देशव्यापी रुपमा दीप प्रज्जवलन गरिएको छ । मधेश आन्दोलनका दिवंगत शदीदहरुको आत्माको शान्ति, ज्यान गुमाएकालाई शहीद घोषणा, मृतक परिवारलाई उचित क्षतिपूर्ति, न्यायिक छानबीन र दोषि प्रहरीमाथि कारबाहीको माग गर्दै राजधानी काठमाडौंको माइतीघर मण्डलासहित आइतबार साँझ देशव्यापी रुपमा मैनबत्ती बालेर दीप प्रज्जलन गरिएको छ ।

परिमार्जन सहित संविधान संशोधन हुनु पर्ने र केन्द्र सरकारद्धारा बैशाख ३१ गतेलाई घोषणा गरिएको स्थानीय निकायको निर्वाचन फिर्ता लिई सहमतिका आधार चुनाव हुनु पर्ने लगायतका माग राख्दै आन्दोलनरत २८ दलीय संघीय गठबन्धनको आह्वानमा शहीदहरुको सम्झनामा दीप प्रज्जवलन गरिएको हो । राजधानीको हकमा मधेश आन्दोलनका शहीदहरुको सम्झनामा काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्जलन गरियो । एमालेको मेचीकाली अभियानका दौरान सप्तरीको मलेठमा नेपालगञ्जमा प्रहरीको गोलिले मारिएका शहीदहरुको सम्झना र श्रद्धाञ्जली स्वरुप मोर्चाले विशेष रुपले दीप प्रज्जवलन एवं श्रद्धाञ्जली सभा आयोजना गर्यो ।

सप्तरीको मलेठमा आइतबार आयोजित श्रद्धाञ्जली सभामा मोर्चाका घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा र मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादव सहभागी भए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *