Loading...
मधेशी जनताको आन्दोलन महात्मा गान्धी, गौतम बुद्ध र राजा जनकको अहिंसात्मक मार्गमा – उपेन्द्र यादव

सरोज खिलाडी

सप्तरीको मलेठमा गत फागनु २३ गते प्रहरीको गोली लागेर मुत्यु भएका पाँच जनाको पुण्यतिथिमा आइतवार आयोजित विशाल शोकसभालाई सम्वोधन गर्नुहुँदै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक उपेन्द्र यादवले शान्तिपूर्ण एवम अहिंसात्मक आन्दोलनमा राज्यले दमन नरोके मधेश युवाहरु हतियार उठाउन बाध्य हुने चेतावनी दिएका छन् । शान्तिपूर्ण संघर्षका क्रममा सरकारले निहत्था मधेशी जनतामाथि गोली चलाएर हत्या गर्ने कार्यलाई उनले कायरताको संज्ञा दिए । उनले भने ‘शान्तिपूर्ण एवम् अहिंसात्मक आन्दोलनमा राज्यले दमन गरेर निहत्था जनताको हत्या गर्दैआएको छ, महात्मा गान्धी, गौतम बुद्ध, जनकको अहिंसात्मक मार्गलाई आत्मसात गरेर अगाडि बढि रहेका छौं’ उनले अगाडि थपे ‘तर दमन नरोके जुन दिन मधेश युवाहरु हतियार उठाउन बाध्य हुनेछ, त्यो दिन शासकवर्गलाई उभिने ठाउँसम्म रहँदैन, अब त्यो दिन पनि दुर छैन ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *