Loading...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बीच बेइजिङमा भेटवार्ता

बेइजिङ- चैत १४। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बीच बेइजिङमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले  वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गर्नुभएको हो । प्रचण्ड र राष्ट्रपति सि जिनपिङबीच दुईपक्षीय सम्वन्धबारे महत्वपुर्ण कुराकानी भएको छ ।

प्रधानमन्त्री र राष्ट्रपति सि जिनपिङबीच करिब ३० मिनेट भेटवार्ता भएको बताइएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले यसअघिको सरकारले गरेका पारवहन र उर्जासम्बन्धी सम्झौताको प्रोटोकल, ट्रान्स बोर्डर इकोनोमिक जोन र रेलमार्गका बारेमा कुराकानी गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सिले नेपालका तर्फबाट उनको ड्रिम प्रोजेक्ट वान वेल्ट वान रोड परियोजनामा समर्थनको अपेक्षा राखेकोमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको छ ।

भेटमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, राजदुत लिलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी लगायतको उपस्थिति रहेको थियो । यस अघि आइतवार प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधामन्त्री वाङ् यङस‌ंग पनि महत्वपुर्ण भेटवार्ता गर्नुभएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *