
काठमाडौं- चैत्र १४ । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपालका लागि नबनियुक्त भारतीय राजदुत मन्जिप सिंह पुरी बीच आज भेटबार्ता भएको छ । पुरीले राजदुतको जिम्मेबारी लिए पछि पहिलो राजनीतिक भेटबार्ता ओलीबाट शुरु गरे बापत नेपाली राजनीतिमा पुनं एक पटक बहस प्रारम्भ भएको छ ।
भारत बिरोधीका रुपमा आफ्नो परिचय बनाउन सफल ओली र पुरी बीचको आजको भेटलाई राजनीतिक बृत्तमा अर्थपुर्ण रुपमा लिएको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमण र भारतीय राजदुतको नेपाल आगमन संयोग थिएन परन्तु योजनाबद्द नै थियो । पछिल्लो पटक माओबादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालसँग भारत खुशी नभएको कुरा भारतीय सञ्चार माध्ययममा आईसकेको छ ।
अझ चीनले दाहालको भ्रमणलाई महत्व दिनुले भारत थप सशंकित बनेको छ । दाहाललाई कसरी काउन्टर दिने भन्ने मानसिकतामा रहेको भारतको केपी ओलीसँगको भेटले बर्तमान सरकारको गतिबिधिमा भारत खुसी नभएको पक्कै हो भन्न सकिन्छ अझ बोआओ फोरममा भारत बेगरको नेपालको निम्ति अन्र्तराष्ट्रिय सहभागितालाई भारतले असहज महशुस गर्नु अस्वभाबिक मान्न सकिन्न ।
दाहालको चीन भ्रमणकै बेला भारतीय राजदुतको आगमन र केपी ओलीसँगको भेट नेपाली राजनीतिमा महंगो साबित हुने निश्चित छ ।
Facebook Comments