Loading...

बेइजिंग,चैत्र १५ । चिनियाँ राष्ट्रपति  सि जिन पिंगले नेपाल र चीन बीचको सम्बन्ध दुई देशको जनता र मुलुकको न्युनतम आबश्यक्तामा भरपर्ने बताउनुभएको छ । चिन भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालसँगको द्धपक्षीय भेटमा सिले सो धारणा राखेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन । सिले दुई देश बीचको राजनीतिक समझदारीबाट मात्र द्धपक्षीय सम्बन्ध र सहायतामा निर्भर पर्ने बताउनुभयो ।

वान बेल्ट वान रोडको अबधारणा दुई देश बीचको बिश्वास र बिकासको पाइला हुने बताउदै सिले त्यसपछि मात्र ब्यापार, पारबहन, कृषि ,उर्जा ,पुर्नर्निमाण र पुर्वाधार बिकासको निम्ति दुई देशले फाइदा लिन सक्ने बताउनुभयो । दुबै पक्षले बिश्वास र निरन्तरतालाई कायम राख्दै अगाडि बढे मात्र सहकार्यको सम्भावना रहेको सि ले जानकारी दिनुभयो । सिले संयुक्त राष्ट्रसंघ जस्तै साझा मञ्चमा पनि नेपालसँग सहकार्य गर्न चाहेको बताउनुभयो ।

जवाफमा प्रधानमन्त्री दाहालले चीनको हरेक प्रयासमा नेपालको साथ रहने बताउनुहुदै वान बेल्ट वान रोड मार्फत नेपालले पनि बिबिध अवसर लिन चाहेको बताईएको छ । दाहालले नेपाल भुमिमा चीन बिरोधी कुनै पनि गतिबिधि हुन नदिने जानकारी गराउदै चीनले अन्र्तराष्ट्रिय मञ्चमा खेलेको भुमिकाको प्रशंसा गनुभएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।

  • भिडियो भिडियो सेक्सनमा राखिएको छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *